थारु कोटा सातमध्ये एउटा सिट कता हरायो? : सांसद चौधरी - Chaitanya News
  • 2026-07-03
  • 22:53:40
  • शुक्रबार,आषाढ १९, २०८३
  • थारु कोटा सातमध्ये एउटा सिट कता हरायो? : सांसद चौधरी

    थारु कोटा सातमध्ये एउटा सिट कता हरायो? : सांसद चौधरी

    काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले समानुपातिकतर्फ थारुको सातमध्ये एउटा कोटामा सांसद बन्न नपाएको बताएका छन्।

    बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ११० समानुपातिक सिटमध्ये सातवटा थारु समुदायले पाउने व्यवस्था भएको तर, सातजना थारु सांसद बन्न नपाएको जिकिर गरे।

    चुनाव सबै सकियो तर, दुःखको साथ भन्दै छु– समानुपातिकतर्फ ११० मध्ये सातवटा थारु समुदायले सिट पाउने हो,” उनले भने, “कुन क्लस्टरमा गयो त्यो एक पद?सुदूरपश्चिममा पनि चार, पाँचमध्ये दुई र मधेस प्रदेशमा दुईमध्ये कुनै पनि सांसद पाएन। यसमा सरकाले सत्यतथ्य पत्ता लगाउन आग्रह गर्दछु।

    उनले थारु मधेसी हुन् कि आदिवासी हुन् भन्दै प्रश्न गरे। लोकसेवाले पनि थारुको कोटा उपलब्ध गराउन नसकेको बताए।