चितवन–२ मा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन, दुईजनाले लिए उम्मेदवारी फिर्ता - Chaitanya News
  • 2026-07-03
  • 22:52:45
  • शुक्रबार,आषाढ १९, २०८३
  • चितवन–२ मा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन, दुईजनाले लिए उम्मेदवारी फिर्ता

    चितवन–२ मा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन, दुईजनाले लिए उम्मेदवारी फिर्ता

    काठमाडौं– यही वैशाख १० गते हुन लागेको उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार मनोनयन गराएका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको हो।

    बिहीबार उम्मेदवारी फिर्ताको लागि समय दिइएकोमा दुईजना उमेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। अब चितवन–२ मा २२ जना उम्मेदवार हुने भएका छन्। उम्मेदवारी मनोनयनका दिन २४ जनाको उम्मेदवारी परेको थियो।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। लामिछानेले पनि पुनस् उम्मेदवारी दिएका छन्।