उपेन्द्र यादव देश र प्रतिनिधिसभाका लागि नभई नहुने व्यक्ति हुन : माधव नेपाल - Chaitanya News
  • 2026-07-03
  • 21:42:44
  • शुक्रबार,आषाढ १९, २०८३
  • उपेन्द्र यादव देश र प्रतिनिधिसभाका लागि नभई नहुने व्यक्ति हुन : माधव नेपाल

    उपेन्द्र यादव देश र प्रतिनिधिसभाका लागि नभई नहुने व्यक्ति हुन : माधव नेपाल

    काठमाडौं– नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले जसपा अध्यक्ष उपेन्द्र यादव देश र प्रतिनिधिसभाका लागि नभई नहुने व्यक्ति भएको दाबी गरेका छन्।

    बिहीबार जसपा अध्यक्ष उपेन्द्रले उम्मेदवारी दिएको बारा २ मा पुगेका नेता नेपालले राष्ट्रिय राजनीतिको केन्द्रमा यादवको आवश्यकता अपरिहार्य रहेको औंल्याएका हुन्। नेता नेपालले संसद् र सिंगो देशलाई उपेन्द्रको आवश्यकता रहेको बताए।

    बारा २ मा सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका यादवको पक्षमा माहोल बनाउन बुधबार साँझ कलैया पुगेका नेपालले गठबन्धनको जित सुनिश्चित रहेको दाबी गरे।

    नेपालको लोकतान्त्रिक गणतन्त्र स्थापनामा मधेस जनविद्रोहको उच्च स्थान रहेको र मधेस विद्रोह, पहिचान, समावेशी र संघीयताजस्ता महत्त्वपूर्ण परिवर्तनका एजेन्डालाई संस्थागत गर्न देश र प्रदेशको समयानुकूल विकास गर्न संसद्मा जसपा अध्यक्ष यादव चाहिने उनको भनाइ छ।

    गत ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा सप्तरी २ बाट जनमत पार्टी अध्यक्ष सीके राउतसँग ठूलो मतान्तरले पराजित यादव रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा २ बाट उपनिर्वाचन लड्न लागेका हुन्।