विवाहमा एक साता बिदा प्रस्ताव - Chaitanya News
  • 2026-05-22
  • 16:20:58
  • शुक्रबार,जेठ ०८, २०८३
  • विवाहमा एक साता बिदा प्रस्ताव

    विवाहमा एक साता बिदा प्रस्ताव

    काठमाडौं –  सरकारले संघीय निजामती सेवा ऐनको अन्तिम मस्यौदा तयार गरेको छ। मस्यौदामा निजामती कर्मचारीहरूलाई साबिकको भन्दा बढी सुविधा थपिएको छ । तर उनीहरूबाट सम्पादन हुने कामकारबाही र सेवाप्रवाहबारे भने स्पष्ट व्याख्या गरिएको छैन ।

    उक्त मस्यौदा कर्मचारीले नै तयार पारेका हुन् । आफैंले तयार गरेको मस्यौदामा कर्मचारीहरूले सुविधा, हक र अधिकारलाई बढी प्राथमिकतामा राखेका छन् ।

    केही दिनअघि संघीय मामिलामन्त्री अमनलाल मोदीले पत्रकार सम्मेलन गरेका थिए । संघीय निजामती सेवा ऐनको प्रारम्भिक मस्यौदामा कर्मचारीहरूको हक, हित र अधिकारबारे अहिलेको कानुनमा भन्दा अझै केही बुँदा थप गरिएको तर सेवा प्रवाह, काम र कर्तव्यसम्बन्धी प्रावधानमा खासै स्पष्ट नपारिएको विषयमा प्रश्न उठाइएको थियो ।

    तर अन्तिम मस्यौदा बनाइसक्दा पनि सेवा प्रवाहको विषय स्पष्ट रूपमा उल्लेख छैन । मस्यौदा परिमार्जन नभई पारित भए अब कर्मचारीहरूले थप बिदा पाउनेछन् । यहाँसम्म कि विवाह बिदासम्मको व्यवस्था पनि मस्यौदामा गरिएको छ ।