चैतन्यको आयोजनामा शिक्षक क्षमता विकास एवम् पुनर्ताजगी कार्यक्रम आयोजना - Chaitanya News
  • 2026-05-22
  • 16:20:03
  • शुक्रबार,जेठ ०८, २०८३
  • चैतन्यको आयोजनामा शिक्षक क्षमता विकास एवम् पुनर्ताजगी कार्यक्रम आयोजना

    चैतन्यको आयोजनामा शिक्षक क्षमता विकास एवम् पुनर्ताजगी कार्यक्रम आयोजना

    धनगढी- धनगढीको शिवनगरस्थित चैतन्य एकेडेमीले शिक्षक क्षमता विकास तथा पुनर्ताजगी कार्यक्रमको आयोजना गरेको छ। शिक्षाविद् प्रा. डा. हेमराज पन्तले विद्यालयका शिक्षकहरूलाई शिक्षकको क्षमता अभिवृद्धि सम्बन्धि तालिम प्रदान गरेका हुन्।

    ‘शिक्षक ज्ञानको ज्योति प्रदान गर्ने व्यक्ति हुन्। उनीहरूले विद्यार्थीलाई जस्तो ज्ञान प्रदान गर्छन् विद्यार्थीहरूले सोही अनुरुपको आचरण र क्षमता हासिल गर्छन्। त्यसैले कुसल शिक्षक हुनका लागि ज्ञान, दक्षता र सकारात्मक आचरणले खारिएको हुनुपर्छ। नयाँ-नयाँ प्रविधिसँग अभ्यस्त हुने क्षमता राख्नुपर्छ,’ उनले भने। शिक्षाविद् पन्तले चैतन्यले नविन ढंगबाट संस्कारसहितको शिक्षामा जोड दिइरहेको बताउँदै विद्यालयले प्रदान गरिरहेको शिक्षाले मुलुकमा स‌ंस्कारसहितको दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्‍याउने बताए।

    कार्यक्रममा एसएसडिआरसी अटिजम विशेषज्ञ सविता उप्रेतीले बाल मनोविज्ञानि र विशेष क्षमता भएका विद्यार्थीलाई कसरी अध्यापन गराउने विषयमा प्रशिक्षण दिएकी थिइन्। सोही अवसरमा विद्यालयले एसएसडिआरसी अध्यक्ष उप्रेतीलाई सम्मानसमेत प्रदान गरेको थियो।