काठमाडौँ– प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशमा पार्टीले गल्ती गरेको बताएका छन्। बुधबार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकमा प्रचण्डले नामकरणको विषयमा पार्टीका जिम्मेदवार नेताहरुबाट निर्णय प्रक्रियामा गल्ती भएको बताएका हुन्।
नेता गिरिराजमणि पोखरेलले यस विषयमा पार्टीले छानबिन गरेर प्रतिवेदन तयार गर्नेगरी बैठकमा छलफल भएको जानकारी दिए। ‘कोशी प्रदेशमा नेता साथीहरुले गल्ती गर्नुभयो भन्ने कुरा अध्यक्षबाट आएको छ। यसबारेमा के गएको हो भन्नेबारे छानबिन गरे प्रतिवेदन तयार गर्न समिति बनाउने भन्ने भएको छ’, बैठकपछि पोखरेलले भने।
कोशी प्रदेश नामकरणको विरोधमा सो प्रदेशमा निरन्तर आन्दोलन हुँदै आएको छ। माओवादीले समेत पहिचान पक्षधरहरुको विरोधका बीच कोशीमा समर्थन जनाएको थियो। यद्यपि पार्टी प्रदेश कमिटिले यतिबेला भने दोहोरो नीति लिँदै आएको छ। यस्तै बैठकमा प्रचण्डले मिटरब्याजी पीडितको समस्या समाधानका लागि सरकारले पहलकदमी लिएको समेत जानकारी गराएका थिए। जसअनुसार सरकारले मन्त्रिपरिषदबाट आयोग गठन गरिसकेको छ।