सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र मन्दिरका महन्थहरूबीच छलफल - Chaitanya News
  • 2026-07-03
  • 21:29:13
  • शुक्रबार,आषाढ १९, २०८३
  • सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र मन्दिरका महन्थहरूबीच छलफल

    सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र मन्दिरका महन्थहरूबीच छलफल

    काठमाडौं– मठहरूको संरक्षण, संवर्द्धन लगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विभिन्न मन्दिरका महन्थहरूबीच छलफल भएको छ।

    उद्योग पर्यटन तथा वन राज्यमन्त्री रहबर अन्सारीको समन्वयमा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको उक्त छलफलमा जानकी मन्दिरलगायत देशका विभिन्न स्थानमा रहेका मठ मन्दिरसँग जोडिएका विविध पक्षका र तिनका संरक्षण तथा संवर्द्धनका विषयमा छलफल भएको हो।

    ‘यो व्यवस्था आउनुभन्दा अगाडि गुठी संस्थानलगायत यससँग समबन्धित संस्था जसरी अपारदर्शी रूपमा चल्थे त्यो अझै छँदैछ। यसलाई पारदर्शी बाउनुपर्‍यो। पढलेख गरेका महन्थहरू आउनुभएको छ। उहाँहरूलाई प्रगतिशील ढंगले राइट स्पेश र अथोरिटी गरिदिनुपर्‍यो भन्ने महन्थहरूज्यूको भनाइ थियो’, राज्यमन्त्री अन्सारीले भने।

    धर्मको आडमा गलत गर्ने व्यक्तिलाई कुनै हालतमा छोड्न नहुने महन्थहरूले प्रधानमन्त्रीलाई आग्रह गरेको उनले सुनाए।

    जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव, मठियानी मठका महन्त रवीन्द्र दास र सीता कुण्डका महन्थ राम नरेश दासले प्रधानमन्त्री ुप्रचण्डु समक्ष आ(आफ्ना कुरा राखेका थिए।

    जानकी मन्दिर मधेसको केन्द्रबिन्दु रहेकाले योसँगै आसपास क्षेत्र पनि संरक्षण गर्नुपर्नेमा आफूले जोड दिएको राज्यमन्त्री अन्सारीले बताए।

    उनका अनुसार महन्थहरुले उठाएका विषयहरुप्रति प्रधानमनन्त्री प्रचण्डले चासो लिॅंदै तथ्यपरक र वैज्ञानिक ढंगले हरेक आवश्यक पहलकदमी आफ्नो तर्फबाट हुने आश्वासन दिए ।

    धर्मसंग जोडिएका विषयहरुलाई परम्परागत रूपले मात्र नभई समय सांदर्भिक रही मानवोचित कार्यहरुको सामाजिकीकरण गर्दै अघि बढ्दा समाज र राष्ट्रले अझ मजबूती पाउने उनले बताएको राज्यमन्त्री अन्सारीको भनाई छ।