बारा — एमाले अध्यक्ष केपी शर्मा ओलीले पैसा बाँडेर द्वन्द्वपीडितको समस्या समाधान नहुने बताएका छन्।
बुधबार बारा आएका अध्यक्ष ओलीले उपनिर्वाचन लक्षित कार्यक्रममा सम्बोधन गर्दै पीडितलाई न्याय दिनुपर्नेमा जोड दिएका हुन्। ‘सरकारले गर्नुपर्ने कामको लागि ध्यान दिएको छैन, देश र समाजमा सरकारले अपराध बढाउन खोजेको छ,’ उनले भने, ‘सरकारले समस्या समाधान नगरी षड्यन्त्रमा लागेको छ। सरकारको स्थायित्व छैन्। सरकारले देशमा भ्रष्टाचार र अपराधिरकण बढाएको उनको आरोप छ।
सरकारले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिनुपर्ने र सरकार–माओवादी द्वन्द्वपीडितलाई संक्रमणकालीन न्यायअन्तर्गत न्यायदिनुपर्ने उनको भनाइ थियो।
प्रतिनिधिसभा सदस्यका लागि बारा–२ मा वैशाख १० गते हुने उपनिर्वाचनलाई लक्षित गरी ओली महागढीमाई नगरपालिकाको बरियारपुरमा बुधबार आइपुगेका हुन्। पार्टीको जिल्ला कमिटीले निर्णय गरेअनुसार ओली अचानक यहाँ आइपुगेका हुन्।
उक्त निर्वाचन क्षेत्रमा जसपा अध्यक्ष उपेन्द्र यादव, जनमतका अध्यक्ष सिके राउतलगायतले चुनावलक्षित गतिविधि बढाएसँगै ओली पनि पहिलोपटक सिमरा विमानस्थल हुँदै यहाँ आइपुगेका हुन्।