बलात्कारको आरोपमा न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी जारी - Chaitanya News
  • 2026-05-22
  • 15:39:19
  • शुक्रबार,जेठ ०८, २०८३
  • बलात्कारको आरोपमा न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी जारी

    बलात्कारको आरोपमा न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं– बलात्कारको आरोपमा कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरी विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

    जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुको अनुरोधमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो। न्यायाधीश गिरी विरुद्ध चैत २० चैतमा वैवाहिक बलात्कारको आरोपमा पक्राउ पुजी जारी गरिएको जिल्ला अदालतले जनाएको छ।

    न्यायाधीश गिरी विरुद्ध उनकी कान्छी श्रीमतीले बलात्कारको आरोपमा उजुरी दिएकी थिइन्। उजुरीमा न्यायाधीश गिरीले जबर्जस्ती गरेको जिकिर गरेकी थिइन्।

    उनले आफूमाथि घरेलु हिंसा गरेको पनि उजुरीमा उल्लेख गरेकी थिइन्। जिल्ला प्रहरी कार्यालयसँगै उनले राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग र न्याय परिषद्‌मा पनि निवेदन दिएकी थिइन्।

    उनले निवेदन दिएपछि न्याय परिषद्ले न्यायाधीश गिरीलाई काठमाडौं झिकाएको थियो। अहिले न्यायाधीश गिरीलाई कपिलवस्तुबाट न्याय परिषद् तानिएको छ।