प्रधानमन्त्री प्रचण्डलाइ युद्धमा झैं खट्न महामन्त्री थापाको आग्रह - Chaitanya News
  • 2026-05-22
  • 15:39:48
  • शुक्रबार,जेठ ०८, २०८३
  • प्रधानमन्त्री प्रचण्डलाइ युद्धमा झैं खट्न महामन्त्री थापाको आग्रह

    प्रधानमन्त्री प्रचण्डलाइ युद्धमा झैं खट्न महामन्त्री थापाको आग्रह

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई युद्धमा झैं खट्न आग्रह गरेका छन। सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै महामन्त्री थापाले अहिलेको अवस्थामा प्रधानमन्त्री र मन्त्रीहरुले युद्धकालमा झैं काम गर्नुपर्ने सुझावसमेत दिए। बुधवार कांग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशनमा थापाले सरकार र राष्ट्र बैंकको सम्बन्धसमेत पारदर्शी हुनुपर्ने बताए।

    प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु। सरकार र राष्ट्र बैंकको सम्बन्ध पारदर्शी हुनुपर्छ। नयाँ अर्थमन्त्री आउनुभएको छ। मैले त भेट्न पनि पाएको छैन,थापाले भने। उनले प्रधानमन्त्री र मन्त्रीहरु मिडियामा आउनुभन्दा काममा खटिन आग्रह गरे। आजभोलि प्रधानमन्त्री मन्त्रीको समाचार आयो मलाई त नरमाइलो लाग्छ। फूर्सद कसरी पाउनुभयो? फोटो खिच्न नि पर्दैन। मैले भन्या त तीन महिना जति प्रधानमन्त्री मन्त्रीको कही टेलिभिजनमा कही अनलाइनमा कही अनुहार नै देख्न नपाए नि हुन्थ्यो, थापाले भने, नराम्रो सेन्समा भनेको होइन। कही कोही नदेखिए हुन्थ्यो। अहिले हामी छौ नि फूर्सदमा। हामी जाउला नि। यो भनेको त वार जस्तो हो नि वार मेन्टालिटी। युद्धको बेला कसरी खाने? युद्धको बेलाजसरी जुट्ने बेला हो यो।