कार्य व्यवस्था परामर्श समिति सदस्यको संख्या टुंगियो, कांग्रेसले ६ जना पाउने अन्य दलले कति? - Chaitanya News
  • 2026-05-22
  • 15:39:35
  • शुक्रबार,जेठ ०८, २०८३
  • कार्य व्यवस्था परामर्श समिति सदस्यको संख्या टुंगियो, कांग्रेसले ६ जना पाउने अन्य दलले कति?

    कार्य व्यवस्था परामर्श समिति सदस्यको संख्या टुंगियो, कांग्रेसले ६ जना पाउने अन्य दलले कति?

    काठमाडौं– प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समिति सदस्यको संख्या टुंगो लागेको छ। बुधबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूसँगको छलफलपछि समिति सदस्य टुंगो लगाएका हुन्।

    प्रतिनिधिसभामा ८८ सांसद रहेको कांग्रेसले ६ जना पाउने भएको छ। त्यस्तै, ७९ सांसद भएको नेकपा एमालेले ५ जना, ३२ सांसद भएको माओवादी केन्द्रले २, सभामुख देवराज घिमिरेले १, उपसभामुख इन्दिरा रानाले १, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीले १, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र १ सिट भएका पार्टी वा स्वतन्त्रले समेत १ सिट पाउनेछन्।

    कार्य व्यवस्थामा कुल २१ जना रहनेछन्। हाल कायम रहेका २७२ सांसदमध्ये प्रतिशतको रूपमा सदस्य पाउने सहमति भएको हो। प्रतिनिधिसभा नियमावली २०७९ ले कार्यव्यवस्था परामर्श समिति सदस्यको संख्या १७ बाट बढाएर २१ मा पुर्‍याइएको हो। यसअघि प्रतिनिधिसभा नियमावली २०७५ मा कार्य व्यवस्था परामर्श समिति सदस्यको संख्या १७ थियो।