दुई दिनभित्र सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचचण्ड - Chaitanya News
  • 2026-05-22
  • 15:39:48
  • शुक्रबार,जेठ ०८, २०८३
  • दुई दिनभित्र सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचचण्ड

    दुई दिनभित्र सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचचण्ड

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचचण्डले दुई दिनभित्र सरकारले पूर्णता पाउने दाबी गरेका छन्। सरकार गठन भएको एक सय दिन पूरा भइसक्दा पनि पूर्णता नपाएको भन्दै प्रधानमन्त्री प्रचण्डसहित सत्तारुढ गठन्धनको आलोचना भइरहेका बेला सो दाबी गरिएको हो।

    सातौँपटक पुनर्गठन हुँदा पनि सरकारले पूर्णता नपाएपछि आलोचित बनेका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले बुधबार दुई दिनभित्र सरकारले पूर्णता पाउने दाबी गरेका हुन्। माओवादी केन्द्र केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको दुई दिनभित्रमा पूर्ण रूपमा सरकार विस्तार हुने जानकारी दिएका हुन्।