काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन उपसचिव विश्वराज मरासैनीसहित लेखा र जिन्सि शाखाको प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
बाराको सिम्रौनगढ नगरपालिकामा सफ्टवेयर खरिद गर्दा अनियमितता भएको ठहर गर्दै अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
बाराको सिम्रौनगढ नगरपालिकाले अनावश्यक रूपमा सफ्टवेयर खरिद गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गर्दा आार्थिक वर्ष २०७६/७७ मा जिन्सी व्यवस्थापनको केन्द्रीय प्रणालीसमेतको सफ्टवेयर खरिद तथा जडानरविस्तार गर्ने कार्यको लागि अनियमितता भएको अख्तियारको ठहर छ।
सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेश प्रसाद यादवले टिप्पणी पेश तथा सप्टवेयर खरिद कार्यको स्वीकृत गरी १ लाख ९९ हजार ८९७ भुक्तानी गरी सफ्टवेयर खरिद गरेको र सो सफ्टवेयर खरिद गरी प्रयोग नै नगरी सरकारी सम्पत्ति बदनियतपूर्वक हानिनोक्सानी गरेको एवं गराएको देखिएको हुँदा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेश प्रसाद यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिमको कसुरमा बिगो एक लाख उनान्सय हजार आठ सय सन्तानब्बे रुपैयाँ कायम गरी विषेश अदालत, काठमाडौंमा दायर आरोपपत्रमा उल्लेख छ।