अबको दुई दिनभित्र सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री दाहाल - Chaitanya News
  • 2026-05-22
  • 15:40:14
  • शुक्रबार,जेठ ०८, २०८३
  • अबको दुई दिनभित्र सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री दाहाल

    अबको दुई दिनभित्र सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री दाहाल

    काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको दुई दिनभित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताएका छन् ।

    आज (बुधबार) नेकपा (माओवादी केन्द्र) केन्द्रिय सहकारी तथा गरीवी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सरकारले लगभग पूर्णता पाइसकेको र अबको दुई दिनभित्रमा पूर्ण रुपमा सरकार बिस्तार हुने प्रधानमन्त्रीको भनाई छ ।

    अब सरकारको ध्यान पूर्णरुपमा नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुने बताउँदै उनले जनताले राहत पाउने गरी बजेट निर्माण गर्ने प्रतिवद्धता जनाए । जनताले फरक अनुभूति गर्न नसके अहिलेसम्मका सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने प्रधानमन्त्रीको भनाई छ ।

    उनले भने, ‘मैले प्रधानमन्त्री बनेर अहिले सरकार सञ्चालनको अवसर पाएको छु, त्यो पनि चुनौतिपूर्ण रुपमा छ । अहिले सरकारले करिव करिव पूर्णता पाएको छ । आज भोलि, शतप्रतिशत नै पूर्णता प्राप्त गर्छ । हाम्रो सबै ध्यान अब सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुनेछ । कुन बाटो जाने भन्नेमा केन्द्रित हुनेछ । केही गुणात्मक, जनताले केही राहत पाउनेग री यसअघिको पनि बजेट निर्माण गर्दा त्यो किसिमले गर्नु भनेको थिएँ । त्यो महशसु गराउन नसके सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने खतरा छ । यसमा म गम्भीर छु ।’

    प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा जनतामा आशा जगाउने अधिकतम काम गर्ने प्रतिबद्धता जाहेर गरे ।