संघीय निजामती सेवा ऐन जारी गर्न कर्मचारी संगठनको संयुक्त दवाव - Chaitanya News
  • 2026-06-20
  • 22:13:50
  • शनिबार,आषाढ ०६, २०८३
  • संघीय निजामती सेवा ऐन जारी गर्न कर्मचारी संगठनको संयुक्त दवाव

    संघीय निजामती सेवा ऐन जारी गर्न कर्मचारी संगठनको संयुक्त दवाव

    काठमाडौं- सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट कर्मचारी संगठनले तत्काल संघीय निजामती सेवा ऐन जारी गर्न सरकारलाई दवाव दिएका छन्। लामो समयसम्म ऐन ल्याउन नसक्दा निजामती सेवा अस्तव्यस्त भएको भन्दै कर्मचारी संगठनहरूले चाँडो ऐन ल्याउन माग गरेका हुन्।

    राष्ट्र सेवक कर्मचारीको मनोभावना अनुरुप माग सम्बोधन नभएमा निर्णायक संघर्षका कार्यक्रम अगाडि बढाउन संयुक्त ट्रेड युनियन सञ्जालको बैठकबाट आन्दोलनको तयारीका लागि समिति गठनसमेत गरिएको छ।

    नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेल, एकीकृत सरकारी कर्मचारी सङ्गठन नेपालका अध्यक्ष गगन सिंह विष्ट, नेपाल मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरी, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला, नेपाल राष्ट्रिय कर्मचारी संगठन(निजामती) का अध्यक्ष हरि रावललगायतले विज्ञप्ति जारी गर्दै उक्त माग गरेका हुन्।

    प्रशासनिक संघीयता कार्यन्वयनको मुख्य कानुनको रूपमा रहने प्रस्तावित संघीय निजामती सेवा ऐनको मस्यौदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरोकारवाला पक्षसँग प्रभावकारी रूपमा छलफल बिना राष्ट्रियस्तरका ट्रेड युनियनहरूले विगतदेखि नै साझा र एकतावद्ध रूपमा उठाउँदै आएका मागहरूलाई सम्वोधन नगरी मस्यौदा गोप्य राखि सहमतिका लागि अर्थ र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको भनि विभिन्न सञ्चार माध्यमहरू मार्फत आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उनीहरूले विज्ञप्तिमा उल्लेख गरेका छन्।