फिल्म ‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनको आदेश - Chaitanya News
  • 2026-05-24
  • 21:45:30
  • आइतबार,जेठ १०, २०८३
  • फिल्म ‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनको आदेश

    फिल्म ‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनको आदेश

    काठमाडौं– उच्च अदालत पाटनले फिल्म ‘प्रसाद २’ को प्रदर्शन रोक्न अल्पकालीन आदेश जारी गरेको छ। सुदर्शन थापाले निर्देशन गरेको प्रसाद २ आउँदो शुक्रबारदेखि प्रदर्शनको तयारीमा थियो।

    फिल्म निर्माता सुवास थापाले आफ्नो रकम नदिएको भन्दै केशव पाण्डेले फिल्म रोक्नका लागि माग राखेर उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। अदालत जानुअघि उनले चलचित्र विकास बोर्डमा पनि उजुरी गर्न खोजेका थिए। तर बोर्डले उजुरी दर्ता नगरेपछि पाण्डे चलचित्रको प्रदर्शन रोक्नु पर्ने माग राखेर उच्च अदालत पुगेका थिए।

    उनको रिटमा थप सुनुवाइ गर्न उच्च अदालतले २६ गते दुवै पक्षलाई बोलाएको उच्च अदालत पाटनकी प्रवक्ता मन्दिरा शाहीले जानकारी दिइन्। चलचित्र निर्माण सुरु हुनुअघि नै पाण्डेलाई प्रसाद २ को निर्माताका रुपमा चिनाइएको थियो। तर अहिले चलचित्रको उनको नाम छैन।

    फिल्म निर्माता थापाविरुद्ध आर्थिक लेनदेन र बैंकिङ कसूर मुद्दामा पक्राउ पूर्जी जारी गरेको छ। उनलाई प्रहरीले खोजिरहेको छ।