गृहमन्त्री र सचिवले बुझ्ने गरेको सुराकी परिचालन खर्च प्रावधान खारेज - Chaitanya News
  • 2026-05-22
  • 14:42:26
  • शुक्रबार,जेठ ०८, २०८३
  • गृहमन्त्री र सचिवले बुझ्ने गरेको सुराकी परिचालन खर्च प्रावधान खारेज

    गृहमन्त्री र सचिवले बुझ्ने गरेको सुराकी परिचालन खर्च प्रावधान खारेज

    काठमाडौं –  गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनका नाममा खर्च गर्न पाउने प्रावधान खारेज भएको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद्‍ बैठकले विगत ३२ वर्षदेखि मन्त्री र सचिवले सूत्र/सुराकी परिचालनका नाममा गर्न पाउने अधिकार खारेज गरेको हो ।

    २०४७ जेठदेखि गृहमन्त्री र सचिवले खर्च फाँटबारी देखाउन नपर्ने गरी मनोमानी रुपमा रकम बुझ्दै आएका थिए ।

    यस्तो रकमको हिसाब महालेखा परीक्षकको वार्षिक लेखा परीक्षणमा समेत उपलब्ध हुने गरेको थिएन ।