चुहावट रोक्न अर्थमन्त्रीको चासो - Chaitanya News
  • 2026-11-20
  • 21:55:41
  • शुक्रबार,मंसिर ०५, २०८३
  • चुहावट रोक्न अर्थमन्त्रीको चासो

    चुहावट रोक्न अर्थमन्त्रीको चासो

    काठमाडौं – विभागीय मन्त्री नभएको मौका छोपी ठूला भन्सार नाकाहरूमा राजस्व छलीका घटना बढेका बेला नवनियुक्त अर्थमन्त्री प्रकाशशरण महतले राजस्व चुहावट नियन्त्रणमा चासो देखाएका छन् ।

    अर्थमन्त्री महतले भारत र चीनका सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि रोक्न र राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिलाई निर्देशन दिएका हुन् ।

    अर्थमन्त्री महतले सोमबार समितिका पदाधिकारीहरूसँग भन्सार नाकाहरूमा र नेपाल–भारतबीचका खुला सीमा क्षेत्रमा भइरहेका चोरीपैठारीका गतिविधिलाई कसरी रोक्ने भन्ने विषयमा छलफल गरेका थिए ।

    उनले राजस्व छली गर्ने व्यापारीले भन्सार नाकाबाट सामग्री नल्याएर चोर बाटो अपनाउने गरेको समेत बताएका थिए । चोरीपैठारी गरी सामग्री ल्याउँदा पनि राजस्वमा असर परेको उनको भनाइ थियो ।