चितवन–२ मा रवि लामिछानेले गराए मनोनयन दर्ता - Chaitanya News
  • 2026-05-22
  • 13:28:14
  • शुक्रबार,जेठ ०८, २०८३
  • चितवन–२ मा रवि लामिछानेले गराए मनोनयन दर्ता

    चितवन–२ मा रवि लामिछानेले गराए मनोनयन दर्ता

    चितवन –  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ मा बैसाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

    आज (सोमबार) बिहान निर्वाचन अधिकृतको कार्यालयमा पुगेर रविले उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि मंसिर ४ गते भएको निर्वाचनमा पनि लामिछाने सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

    उपनिर्वाचन बैशाख १० गते हुँदैछ । चितवन–२ मा रविसँग नेपाली काँग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेका रामप्रसाद न्यौपाने, राप्रपाका जीवलाल पुरी लगायत उम्मेदवार भिड्दै छन् ।

    गत मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा चितवन २ बाट निर्वाचित रास्वपाका केन्द्रीय सभापति लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएसँगै सांसद पद खारेज भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

    उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा १ लाख २४ हजार छ सय ९५ जनाले मतदान गर्न पाउने छन् । उनीहरूले ४३ स्थलका १३८ केन्द्रबाट मतदान गर्नेछन् ।