राष्ट्रपतिलाई भेटेर उपराष्ट्रपतिले लिए स्वास्थ्य अवस्थाबारे जानकारी - Chaitanya News
  • 2026-05-22
  • 13:29:21
  • शुक्रबार,जेठ ०८, २०८३
  • राष्ट्रपतिलाई भेटेर उपराष्ट्रपतिले लिए स्वास्थ्य अवस्थाबारे जानकारी

    राष्ट्रपतिलाई भेटेर उपराष्ट्रपतिले लिए स्वास्थ्य अवस्थाबारे जानकारी

    काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

    आज बिहान राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका हुन्।

    पेट दुख्नेलगायत समस्या देखिएपछि राष्ट्रपति पौडेललाई गत शनिबार अस्पताल भर्ना गरिएको थियो। उनलाई चिकित्सकहरूको निगरानीमा राखिएको छ।

    उपचारमा संलग्न चिकित्सकहरूलाई उद्धृत गर्दै राष्ट्रपतिको सचिवालयले दिएको जानकारीअनुसार पौडेलको स्वास्थ्य सुधारोन्मुख छ। राष्ट्रपतिको सिटी स्क्यानलगायत परीक्षणसमेत गरिएको छ।

    डा. महेश सिग्देल नेतृत्वमा ७ सदस्यीय चिकित्सक टोली राष्ट्रपतिको उपचारमा संलग्न छन्। राष्ट्रपतिलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतले अस्पतालमै पुगेर यसअघि नै स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।