लघुवित्तका समस्या र समाधानका उपायबारे नेपाल राष्ट्र बैंकले माग्यो सुझाव - Chaitanya News
  • 2026-10-06
  • 20:54:29
  • मंगलबार,आश्विन २०, २०८३
  • लघुवित्तका समस्या र समाधानका उपायबारे नेपाल राष्ट्र बैंकले माग्यो सुझाव

    लघुवित्तका समस्या र समाधानका उपायबारे नेपाल राष्ट्र बैंकले माग्यो सुझाव

    काठमाडौं– नेपाल राष्ट्र बैंकले लघुवित्तका समस्या र समाधानका उपायबारे सुझाव माग गरेको छ।

    नेपाल राष्ट्र बैंक सञ्चालक समितिले आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधानका उपायबारे अध्ययन गर्न समिति गठन गरेको छ।

    सो समितिले सरोकारवाला निकायबाट सुझाव माग गरेको हो। राष्ट्र बैंकको mfiss@nrb.org.np मा इमले गरी सुझाव दिन सकिने भएको छ। लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र सो समस्या समाधान गर्न चाल्नु पर्ने कदमबारे सुझाव दिन सकिने भएको छ।