मेडिकल काउन्सिलको परीक्षामा ७१.४३ प्रतिशत पास - Chaitanya News
  • 2026-06-20
  • 17:47:29
  • शनिबार,आषाढ ०६, २०८३
  • मेडिकल काउन्सिलको परीक्षामा ७१.४३ प्रतिशत पास

    मेडिकल काउन्सिलको परीक्षामा ७१.४३ प्रतिशत पास

    काठमाडौँ- नेपाल मेडिकल काउन्सिलले ४३ विधामा सञ्चालन गरेको २५औं विशेष परीक्षामा ७१.४३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।

    शुक्रबार सञ्चालित उक्त परीक्षामा ४२० जना परीक्षार्थीहरू सहभागी भएकामध्ये ३ सय जना उत्तीर्ण भएका हुन्। परीक्षामा ११९ जना अनुत्तीर्ण र १ जनाको नतिजा रोक्का भएको काउन्सिलले जनाएको छ।

    यसअघि ०७९ साल मंसिर ९ गते गते लिइएको विशेषज्ञ दर्ता प्रमाण पत्र परीक्षामा ७४.१६ प्रतिशतप्रतिशत सहभागी उत्तीर्ण भएका थिए। नतिजामा चित्त नबुझे परीक्षार्थीले पूनर्योगका लागि १ हजार ५ सय रुपैयाँ दस्तुर बुझाई आवेदन दिन सक्नेछन्।