एमालेले आज उपनिर्वाचनका उम्मेदवार टुङ्गो लगाउने - Chaitanya News
  • 2026-05-21
  • 09:29:04
  • बिहिबार,जेठ ०७, २०८३
  • एमालेले आज उपनिर्वाचनका उम्मेदवार टुङ्गो लगाउने

    एमालेले आज उपनिर्वाचनका उम्मेदवार टुङ्गो लगाउने

    काठमाडौंं –  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आसन्न उपनिर्वाचनका लागि आज (शनिबार) उम्मेदवारको टुङ्गो लगाउने भएको छ । पार्टीको सचिवालय बैठक बसेर उम्मेदवार टुंगो लगाइने उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन् ।

    उनका अनुसार शुक्रबारसम्म जिल्लाबाट आकांक्षीहरूको नाम सिफारिस भएको र आज बैठक बसेर उपनिर्वाचन हुन लागेका तीनै क्षेत्रमा उम्मेदवार तय गरिने छ ।

    बारा क्षेत्र नम्बर–२, चितवन–२ र तनहुँ–१ मा आउँदो वैशाख १० गते उपनिर्वाचन हुँदैछ । त्यसका लागि यही चैत २० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।