नेपालमा एकै दिन थपिए १४२ कोरोना संक्रमित - Chaitanya News
  • 2026-05-02
  • 17:55:15
  • शनिबार,बैशाख १९, २०८३
  • नेपालमा एकै दिन थपिए १४२ कोरोना संक्रमित

    नेपालमा एकै दिन थपिए १४२ कोरोना संक्रमित

    काठमाडौं- नेपालमा एकै दिन १४२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    मन्त्रालयका अनुसार १ हजार ७९ को नमुना परीक्षण गर्दा १४२ जनामा कोरोना संक्रमण देखिएको छ। आरटी पीसीआर विधिबाट ३८१ र एन्टिजेन विधिबाट ६९८ जनाको परीक्षण गरिएकामा १४२ जना संक्रमित भेटिएका हुन्। तीमध्ये आरटी पीसीआर विधिबाट ४४ र एन्टिजेन विधिबाट ९८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

    आरटी पीसीआर विधिबाट मात्र गरिएको परीक्षणका आधारमा देशमा हाल सक्रिय संक्रमितको संख्या १६३ रहेको मन्त्रालयले बताएको छ। तीमध्ये आरटी पीसीआर विधिबाट ४४ र एन्टिजेन विधिबाट ९८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।