यदी सरकार संकटमा परे कांग्रेसले विश्वासको मत दिन्छ : जीवन बहादुर शाही - Chaitanya News
  • 2026-11-10
  • 23:31:13
  • मंगलबार,कार्तिक २५, २०८३
  • यदी सरकार संकटमा परे कांग्रेसले विश्वासको मत दिन्छ : जीवन बहादुर शाही

    यदी सरकार संकटमा परे कांग्रेसले विश्वासको मत दिन्छ : जीवन बहादुर शाही

    सुर्खेत– नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवन बहादुर शाहीले सरकार संकटमा परे विश्वासको मत दिने बताएका छन्।

    विश्वासको मत लिने मुख्यमन्त्री राजकुमार शर्माको प्रस्तावमाथि धारणा राख्दै शुक्रबार कांग्रेस संसदीय दलका नेता शाहीले सरकार संकटमा परे कांग्रेसले विश्वासको मत दिने बताए।

    सरकार संकटमा छ या छैन्, त्यो त थाहा छैन्’ नेता शाहीले भने, ‘मैले पहिलेपनि भनेको थिए, यदी सरकार संकटमा परे कांग्रेसले विश्वासको मत दिन्छ ।’

    तर संसद् बैठक सुरु हुनु अघि नै बसेको कांग्रेस कार्य सम्पादन समितिको बैठकले भने शर्माले मागेको विश्वासको मतको पक्षमा मत दिने निर्णय गरेको बैठकमा सहभागी काँग्रेसको एक नेताले जानकारी दिए।

    २७ पुसमा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका माओवादी संसदीय दलका नेता शर्माले ६ माघमा पहिलो पटक विश्वासको मत लिएका थिए। त्यो बेला कांग्रेसले भने विश्वासको मत दिएको थिए।