खानेपानी मन्त्रीले दिए राजीनामा - Chaitanya News
  • 2026-05-21
  • 09:29:04
  • बिहिबार,जेठ ०७, २०८३
  • खानेपानी मन्त्रीले दिए राजीनामा

    खानेपानी मन्त्रीले दिए राजीनामा

    काठमाडौं- जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले राजीनामा दिएका छन्।

    मन्त्रिपरिषद् पुनर्गठन हुँदा जनमतले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय या कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा दाबी गरेको थियो। तर, जनमतले खानेपानी मन्त्रालय नै पाउने भएपछि खानले राजीनामा दिएका हुन्।

    जनमतले सुरुदेखि नै उद्योग या कृषिमध्ये एक मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरेको थियो। तर, त्यसबेला दुवै मन्त्रालय एमालेले लिएको थियो। त्यसबेलै असन्तुष्ट रहेको जनमतलाई प्रधानमन्त्री प्रचण्डले पछि मिलाउछु भनेपछि जनमत सरकारमा गएको थियो।

    तर, अहिले मन्त्रिपरिषद् पुनर्गठन हुँदा पनि खानेपानी मन्त्रालय नै पाउने भएपछि खानले मन्त्रीबाट राजीनामा दिएका हुन्।