सरकारी प्रतिनिधिसँग मिटर ब्याज पीडितबिचको वार्ता आज - Chaitanya News
  • 2026-05-21
  • 08:23:04
  • बिहिबार,जेठ ०७, २०८३
  • सरकारी प्रतिनिधिसँग मिटर ब्याज पीडितबिचको वार्ता आज

    सरकारी प्रतिनिधिसँग मिटर ब्याज पीडितबिचको वार्ता आज

    काठमाडौँ – नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समूहका बिचमा आज वार्ता हुने भएको छ।

    पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटर ब्याज पीडित समूहले आज बिहान १० बजे गृह मन्त्रालयमा छलफल गर्ने भएका हुन् ।

    गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा गठित सरकारी समिति र पीडितका बिचमा हुने छलफलमा सरकारी समितिकातर्फवाट ५ जना सदस्य र पीडित पक्षको तर्फबाट पनि ५ जना गरी १० जनाको सहभागिता रहने छ ।

    सरकारी समितिमा शर्माको नेतृत्वमा मन्त्रालयका अर्का उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी र नेपाल प्रहरीका एसपी दिनेशराज मैनालीसदस्य रहेका छन् भने मिटर ब्याज पीडित संघर्ष समितिका संयोजक मनोज पासवानको नेतृत्वमा संघर्ष दाहाल, श्याम कुमारी चौधरी, छेदिलाल पासवान र रामरिजन यादव रहनेछन् ।