टेलिभिजनलाई समयानुकुल प्रविधियुक्त बनाउनुपर्छ : अध्यक्ष ओली - Chaitanya News
  • 2026-05-21
  • 08:22:46
  • बिहिबार,जेठ ०७, २०८३
  • टेलिभिजनलाई समयानुकुल प्रविधियुक्त बनाउनुपर्छ : अध्यक्ष ओली

    टेलिभिजनलाई समयानुकुल प्रविधियुक्त बनाउनुपर्छ : अध्यक्ष ओली

    सिद्धार्थनगर– नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिभिजनलाई समयानुकुल प्रविधियुक्त बनाएर सेवाग्रहीका लागि सहज र सरल बनाउनुपर्ने बताएका छन।

    टेलिभिजनबाट नै अन्य सामाजिक सञ्जाल युट्युव, टिकटक, फेसबुकलगायतले समेत सूचना प्राप्त गर्ने हुनाले यसलाई प्रविधियुक्त बनाउन उहाँले सुझाव दिएका हुन। विकासका लागि सुचना तथा सञ्चार अभियान (इम्मोड) नेपाल लुम्बिनी सामुदायिक टेलिभिजनको १७ औँ बार्षिक साधारणसभा तथा सातौँ अधिवेशनलाई रुपन्देहीको बुटवलमा आज सम्बोधन गर्दै उनले सो कुरा बताए।

    नेपालका टेलिभिजनलाई बदलिदो टेक्निोलोजीसहित समयानुकुल ढंगले चलाउन सक्नुपर्छ उनले भने। संसारमा सबै प्रकारका टेक्नोलोजी उपलब्ध रहेको भन्दै दुनियामा सञ्चारका प्रबिधिहरु अत्यन्तै तिब्रताका साथ अघि बढेको उनको भनाइ छ। आइटी टेक्नोलोजी, आर्टिफिसियल इन्टेलिजेन्सलाई बढाउन जरुरी रहेको उनले चर्चा गरे।

    उनले भने“नयाँ टेक्निोलोजीले राम्रो काम गर्छ बेनिफीट दिन्छ, त्यसैले यसलाई प्रयोगमा ल्याउनुपर्छ, लगानी बढाउनुपर्छ।” म त टेलिभिजन खोल्न र बन्द गर्न मात्रै जानेको मान्छे हुँ भन्दै अध्यक्ष ओलीले भने“कम्पनीले टीभी बनाउँछ, मिस्त्रीले जोडजाड पार्छ, रिमोट हातमा दिन्छ, हामी त च्यानल चेन्सवाला मात्र हौँ।

    गुल्मी, पाल्पा र अर्घाखाँचीमा मिसन ग्रासरुट सकेर अध्यक्ष ओली बुटवल आइपगेका छन। आजै उनले यहाँको कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको सो दलले जनाएको छ।