मन्त्रिपरिषद् विस्तारबारे निर्णायक छलफलमा गठबन्धन - Chaitanya News
  • 2026-07-03
  • 12:25:55
  • शुक्रबार,आषाढ १९, २०८३
  • मन्त्रिपरिषद् विस्तारबारे निर्णायक छलफलमा गठबन्धन

    मन्त्रिपरिषद् विस्तारबारे निर्णायक छलफलमा गठबन्धन

    काठमाडौँ – सत्तारुढ गठबन्धनको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी छ ।

    बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारको ल्याउने साझा न्यूनतम साझा कार्यक्रमलगायतका विषयमा छलफल भइरहेको छ ।

    यसअघि मंगलबार बेलुकी करिब २ घण्टा बसेको बैठकमा मन्त्रीबारे टुंगो लाग्न नसकेपछि सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम बाँडिएको थियो । दलहरुले अध्ययन गरेर आजको बैठकमा सुझाव राखिरहेका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत १० गतेभित्र मन्त्रीपरिषद् बिस्तार गर्ने भने पनि गठबन्धनका दलहरुले हैसियतभन्दा बढी मन्त्री मागेपछि सरकारले पूर्णता पाउन सकेको छैन । अबको एक(दुई दिनमा मन्त्रीपरिषद् विस्तारको तयारी गरिएको छ।