काठमाडौंका यी क्षेत्रमा आजदेखि आइतबारसम्म सवारी आवगमन प्रभावित हुने - Chaitanya News
  • 2026-05-21
  • 07:32:38
  • बिहिबार,जेठ ०७, २०८३
  • काठमाडौंका यी क्षेत्रमा आजदेखि आइतबारसम्म सवारी आवगमन प्रभावित हुने

    काठमाडौंका यी क्षेत्रमा आजदेखि आइतबारसम्म सवारी आवगमन प्रभावित हुने

    काठमाडौं – काठमाडौं महानगरपालिकाले आज (बुधबार) देखि आइतबारसम्म काठमाडौंका केही सडकमा सवारी आवगमन प्रभावित हुनसक्ने जनाएको छ । सेतो मच्छिन्द्रनाथको रथजात्राका कारण आइतबारसम्म सवारी आवगमन प्रभावित हुने महनगरद्वारा जारी सूचनामा उल्लेख छ ।

    रथ यात्रा हुने सडकमा सबै प्रकारका सवारी साधनहरूलाई प्रवेशमा निषेध गरिएको महानगरले जनाएको छ ।

    सूचना अनुसार आज तीनधारा पाठशाला, घण्टाघर, रत्नपार्क, भोटाहिटी, असनको सडक प्रभावित हुनेछ । चैत १६ गते असन, केलटोल, इन्द्रचोक, मखन, हनुमाढोका दरबार परिसर, चैत १७ गते हनुमानढोका दरबार परिसर, मरू टोल, चिकँमुगल, जैसीदेवल, ज्याबहाल, लगन चोकमा रथयात्रा हुनेछ ।

    महानरगका अनुसार चैत १८ गते लगन चोक र १९ गते लगन चोक दलाछि ह्युमत जैसीदेवल कोहिटी भीमसेनस्थान मरु टोलमा रथ यात्रा हुने भएकाले रथयात्राको समय उक्त क्षेत्रमा कुनै पनि प्रकारका सवारी प्रवेश गर्न दिइने छैन ।

    रथयात्राका लागि सेतो मच्छिन्द्रनाथको रथ तयार गरिसकिएको छ । आजदेखि काठमाडौंमा सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदैछ ।