प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची - Chaitanya News
  • 2026-07-07
  • 21:20:34
  • मंगलबार,आषाढ २३, २०८३
  • प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो एक बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८(०७९)’ पेस गर्नुहुने तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ माथि बिचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।