मन्त्री भागबण्डा टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक बस्दै - Chaitanya News
  • 2026-07-03
  • 10:43:59
  • शुक्रबार,आषाढ १९, २०८३
  • मन्त्री भागबण्डा टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक बस्दै

    मन्त्री भागबण्डा टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक बस्दै

    काठमाडौं – मन्त्रालयको भागबण्डा टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक आज (बुधबार) पनि बस्दै छ ।

    हिजो साँझ बसेको बैठक विना निष्कर्ष टुङ्गिएपछि आज पुनः बैठक बस्न लागेको हो । बैठक बिहान ९ बजेका लागि बोलाइएको छ ।

    मंगलबार साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल भए पनि कुनै सहमति हुन सकेको थिएन ।

    नेपाली कांग्रेसले आठ, नेकपा (एकीकृत समाजवादी) ले तीन, जसपाले तीन र लोसपाले दुई मन्त्रालयको दाबी नछोडेपछि बैठक विनानिस्कर्ष टुंगिएको थियो ।