राप्रपाले ३ वटै उपनिर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने - Chaitanya News
  • 2026-05-21
  • 06:36:18
  • बिहिबार,जेठ ०७, २०८३
  • राप्रपाले ३ वटै उपनिर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने

    राप्रपाले ३ वटै उपनिर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने

    काठमाडाैं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख १० गते उपनिर्वाचन हुने ३ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ ।

    पार्टी कार्यालय धुम्बाराहीमा सोमबार बसेको राप्रपा पदाधिकारी बैठकले तनहुँ–१, बारा–२ र चितवन–२ मा पार्टीको उम्मेदवार उठाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताउनुभएकाे हाे । बैठकले ३ वटै निर्वाचन क्षेत्रमा पार्टीको कमाण्डर पनि तोकेको उहाँले बताउनभयाे ।

    चितवन–२ मा नेता विक्रम पाण्डे, तनहुँ–१ मा निलकण्ठ काफ्ले र बारा–२ मा बुद्धिमान तामाङलाई कमाण्डर तोकिएको उहाँले बताउनुभयाे । कमाण्डरहरूले तोकिएको निर्वाचन क्षेत्रमा आवश्यक छलफल गरेर उम्मेदवारकाे बारेमा निर्णय लिने जनाइएकाे छ ।

    निर्वाचन आयाेगले उपनिर्वाचनका लागि यहि चैत २० गते मनोनयन दर्ताको समय तोकिसकेकाे छ ।