थ्री नेसन्स कपमा आज नेपाल र भुटान भिड्दै - Chaitanya News
  • 2026-07-25
  • 08:08:30
  • शनिबार,साउन ०९, २०८३
  • थ्री नेसन्स कपमा आज नेपाल र भुटान भिड्दै

    थ्री नेसन्स कपमा आज नेपाल र भुटान भिड्दै

    काठमाडौं –  प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार नेपाल र भुटान भिड्दैछन् । यो खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

    नेपाल भुटानलाई हराउँदै फाइनल पुग्न चाहन्छ भने भुटान पनि नेपाललाई हराउँदै फाइनल पुग्न चाहन्छ ।

    नेपालले लाओसलाई २–० ले हराएको थियो । यस्तै, लाओसले भुटानलाई २–१ ले हराएको थियो ।

    तीन राष्ट्र सहभागिता प्रतियोगितामा नेपाललाई फाइनल पुग्न बराबरीले समेत पुग्नेछ । भुटानलाई फाइनल पुग्न जित्नैपर्ने दबाब रहेको छ ।

    सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि शुक्रबार खेल्ने छन् ।