सवारी अनुमतिपत्र तीन दिनमा दिन्छौँस् उपप्रधानमन्त्री श्रेष्ठ - Chaitanya News
  • 2026-05-21
  • 06:37:30
  • बिहिबार,जेठ ०७, २०८३
  • सवारी अनुमतिपत्र तीन दिनमा दिन्छौँस् उपप्रधानमन्त्री श्रेष्ठ

    सवारी अनुमतिपत्र तीन दिनमा दिन्छौँस् उपप्रधानमन्त्री श्रेष्ठ

    काठमाडौं– उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी अनुमतिपत्र (लाइसेन्स) को पर्खाइमा बसेका सवारीचालकले तीन दिनमा पाउने बताएका छन्।

    सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिना तीन दिनमा आफूले गरेका काम सार्वजनिक गर्दै अबको ८ महिनापछि सवारीचालकले सहज रूपमा ट्रायल दिएको तीन दिनमा लाइसेन्स पाउने बताए।

    सरकारले नयाँ प्रिन्टिङ मेसिन खरिद गरेर लाइसेन्स वितरणलाई प्रभावकारी बनाउन लागेको श्रेष्ठको भनाइ छ । उनले हरेक दिन दैनिक ६ हजारको संख्यामा लाइसेन्स प्रिन्ट भएर वितरण गरिए पनि पछिल्लो लोडका कारण वितरण प्रभावकारी नभएको बताए ।

    मेसिन खरिदका लागि सूचना प्रकाशित भइसकेको र अब टेन्डरमा गएपछि खरिद प्रक्रियालाई अगाडि बढाइने श्रेष्ठको भनाइ छ। मन्त्रालयले सोझै खरिद गर्न सार्वजनिक खरिद ऐनले रोक्ने भएपछि टेन्डरमा जानुपरेको उनको दाबी छ।

    प्रधानमन्त्रीसँग पनि सल्लाह गरेरै मेसिन खरिदको प्रक्रिया अगाडि बढाइएको श्रेष्ठले बताए। उनले अर्थले बजेट निकासा गरेपछि थप काम अगाडि बढ्ने जानकारी दिए।

    ‘विगतमै पेन्डिङ रहेका ८ लाख लाइसेन्स प्रिन्ट हुँदै वितरण गरिएको छ। यसरी भएन भनेर अर्को प्रिन्टिङ मेसिन खरिद गर्ने गृहकार्य सुरु भएको छ। ८ महिनापछि तीनदेखि सात दिनभित्र सेवाग्राहीले लाइसेन्स पाउँछन्,ु श्रेष्ठले भने, मेसिन खरिदका लागि सूचना प्रकाशित भइसकेको र अब टेन्डरमा गएपछि खरिद प्रक्रियालाई अगाडि बढाइन्छ। मन्त्रालयले सोझै खरिद गर्न सार्वजनिक खरिद ऐनले रोक्ने भएपछि टेन्डरमा जानुपरेको हो।