शुक्रबार नयाँ आइजिपी, प्रतिस्पर्धामा पाँच एआइजी - Chaitanya News
  • 2026-11-20
  • 20:45:32
  • शुक्रबार,मंसिर ०५, २०८३
  • शुक्रबार नयाँ आइजिपी, प्रतिस्पर्धामा पाँच एआइजी

    शुक्रबार नयाँ आइजिपी, प्रतिस्पर्धामा पाँच एआइजी

    काठमाडौं- शुक्रबारदेखि नेपाल प्रहरीमा नेतृत्व परिवर्तन हुँदै छ । सोमबार बढुवा भएका एआइजी वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य आइजिपीका प्रतिस्पर्धामा छन् ।

    आइजिपी धिरजप्रताप सिंहबाट बुधबार दर्ज्यानी चिह्न लगाएलगत्तै भेट्न आएका उनीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन् । प्रधानमन्त्रीले उनीहरू पाँचमध्येबाटै नयाँ आइजिपी नियुक्ति हुने बताएका छन् ।

    सोमबार एआइजी भएका पाँचैजना गत असारमा मात्र डिआइजी भएका थिए । एक वर्ष नपुग्दै एआइजी भएर उनीहरूमध्ये एकजना आइजिपी हुँदै छन् । एसएसपीबाट एक वर्षकै बीचमा यसरी आइजिपीमा पुग्दा अनुभवको कमीले नेतृत्व–क्षमता कमजोर हुने गरेको प्रहरी अधिकारी बताउँछन् ।