तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना - Chaitanya News
  • 2026-05-21
  • 00:01:36
  • बुधबार,जेठ ०६, २०८३
  • तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

    तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौँ – नेपालमा अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् ।

    साथै देशको पश्चिमी भू–भागमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

    आज (बुधबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

    राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । आगामी तीन दिन मौसममा सुधार आउने संकेत नदेखिएको मौसमविद्हरूले जनाएका छन् ।