सार्वजनिक बिदामा पनि राहदानी विभाग खुल्ने - Chaitanya News
  • 2026-07-17
  • 16:30:39
  • शुक्रबार,साउन ०१, २०८३
  • सार्वजनिक बिदामा पनि राहदानी विभाग खुल्ने

    सार्वजनिक बिदामा पनि राहदानी विभाग खुल्ने

    काठमाडौं- सरकारले सार्वजनिक बिदाको दिन पनि सेवाग्राहीको बढी भीड हुने सरकारी कार्यालय खुला राख्ने निर्णय गरेसँगै राहदानी विभागले घोडेजात्राको दिन पनि सेवा दिने जनाएको छ।

    सरकारले घोडेजात्राको दिन सार्वजनिक विदा घोषणा गरे पनि राहदानी विभाग खुल्लैरहने विभागले जानकारी दिएको हो।

    विभागले एक सूचना जारी गर्दै भनेको छ, ‘मिति २०७९ चैत्र ०७ गते (तद्अनुसार २१ मार्च २०२३) मङ्गलबार घोडेजात्राको दिन बिहान १००० बजे देखि दिउँसो २:३० बजे सम्म कार्यालय खोलिने व्यहोरा सम्पूर्ण सरोकारवालाहरुलाई सूचित गरिन्छ।’