पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय - Chaitanya News
  • 2026-11-20
  • 20:09:47
  • शुक्रबार,मंसिर ०५, २०८३
  • पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

    पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं –  नेपाल प्रहरीका पाँच नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरिएको छ ।

    मन्त्रिपरिषद्को बैठकबाट पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका प्रेस संयोजक नरेन्द्र केसीले जानकारी दिए ।

    गृह मन्त्रालयले गरेको सिफारिसअनुसार डीआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरिएको संयोजक केसीले जानकारी गराएका छन् ।