९५ रनमै समेटियो पपुवा न्युगिनी - Chaitanya News
  • 2026-06-05
  • 14:56:48
  • शुक्रबार,जेठ २२, २०८३
  • ९५ रनमै समेटियो पपुवा न्युगिनी

    ९५ रनमै समेटियो पपुवा न्युगिनी

    काठमाडौं- नेपाली बलरको उत्कृष्ट प्रदर्शनले पपुवा न्युगिनी ९५ रनमै समेटिएको छ।

    आईसीसी विश्वकप लिग-२ अन्तर्गत सोमबार टस हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले राम्रो शुरूआत गर्न सकेन। एक रनमै किल्पिन डोरिगालाई गुमाएको पपुवा न्युगिनीले ३२ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनाएको छ।

    पपुवा न्युगिनीका लागि असल भालाले २०, सेसे बउले १८ र चार्ल्स अमिनीले १६ र हिरि हिरीले १४ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

    नेपालका सन्दीप लामिछानेले पाँच, ललित राजवंशी र कुशल मल्लले दुई-दुई तथा सोमपाल कामीले एक विकेट लिए।

    फागुन २८ गते यूएईलाई पराजित गर्दै नेपालले एकदिवसीय मान्यता जोगाइसकेको छ। नेपालले सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएको थियो।

    आईसीसी विश्वकप क्वालिफायरको सम्भावनालाई जिवित राख्न आजको खेल जित्नै पर्नेछ। केहीबेरमा नेपाल ब्याटिङ गर्नेछ।