लोकसेवा उपयोगी सामग्री [५७] - Chaitanya News
  • 2026-07-07
  • 12:34:58
  • मंगलबार,आषाढ २३, २०८३
  • १. वायुमण्डलमा सवैभन्दा बढी कुन ग्यास पाइन्छ?

    A) नाइट्रोजन B) हाईड्रोजन C) अक्सिजन D) आर्गन

    २. हेपाटाइटिस बी कुन अगंमा लाग्ने रोग हो?

    A) फोक्सो B) मिर्गौला C) मुटु D) कलेजो

    ३. सबै भन्दा पछि नेपालसँग दौत्यसम्बन्ध कायम गर्ने सार्क राष्ट्र कुन हो?

    A) बङगलादेश B) माल्दिभ्स C) भुटान D) अफगानिस्तान

    ४. संयुक्त राष्ट्रसंघको तर्फबाट शान्ति स्थापनार्थ खटिएका सैनिकलाई के भनिन्छ ?

    A) ब्लु हेल्मेट्स B) रेड हेल्मेट्स C) ग्रे हेल्मेट्स D) ग्रिन हेल्मेट्स

    ५. जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको हत्या कहिले भएको थियो?

    A) सन् २०२२ जुलाई ८ B) सन् २०२२ जुन ८ C) सन् २०२२ अप्रिल ८ D) सन् २०२२ जनवरी ८

    ६. दुखाई मापन गर्ने यन्त्रलाई के भनिन्छ?

    A) एल्गोमिटर B) डायप्टर C) पेरीमिटर D) ब्रेथलाइजर

    ७. प्रदेश नम्बर १ लाई साक्षर प्रदेश कहिले घोषणा गरेको हो?

    A) वि.सं. २०७९ वैशाख १ गते B) वि.सं. २०७९ असार १ गते C) वि.सं. २०७९ साउन २३ गते D) वि.सं. २०७९ भाद्र २३ गते

    ८. सन् २०२४ मा हुने ग्रिस्मकालिन ओलम्पिक (Summer Olympic,2024 ) कहाँ हुदैछ?

    A) जापनको टोकियो B) अमेरिकाको एटलान्टा C) फ्रान्सको पेरिस D) द.कोरियाको सिउल

    ९. प्रेस काउन्सिल गोपालदास पत्रकारिता, २०७९ को सम्बन्धमा अध्ययन गर्नुहोस् र सहि/गलत के हुन् पत्ता लगाउनुहोस्।

    १०) प्रेस काउन्सिल गोपालदास पत्रकारिता, २०७९ हरिबहादुर थापालाई प्रदान गरियो ।
    २) यस पुरस्कारको राशी १ लाख ५१ हजार रहेको छ ।

    A) १ सही २ गलत B) २ सही १ गलत C) दबै गलत D) दुबै सही

    ११. फिफा विश्वकपबारे तल दिइएको भनाइहरूबारे विचार गर्नुहोस् र सहि भनाई छनौंट गर्नुहोस्।

    १) फिफाको स्थापना सन् १९०४ मा भएको थियो।
    २) फिफाको हालसम्म २२ वटा विश्वकप सम्पन्न भइसकेको छ।
    ३) फिलाा विश्वकपको पहिलो विजेता उरुग्वे रहेको थियो।

    A) १ र २ मात्र सही B) २ र मात्र ३ सही C) सबै सही D) २ मात्र सही

    १२. नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको विमानस्थल स्याङ्वोचे सोलखुम्बु हो भने नेपालको सबैभन्दा होचो स्थानमा रहेको विमानस्थल कुन हो?

    A) जनकपुर B) विराटनगर C) सिमरा D) भरतपुर

    १३. नेपालका विभुतिहरू मध्ये सबैभन्दा पछिल्लो पटक घोषणा गरिएका विभुति को हुन्?

    A) सीता B) त्रिभुवन शाह C) बलभद्र कुवर D) भक्ति थापा

    १४. ‘Limnology’ के सगँ सम्बन्धित अध्ययन गर्नेविज्ञान हो?

    A) ताल तलैया विज्ञान B) समुद्र विज्ञान C) हिम विज्ञान D) हिमाल विज्ञान

    १५. सिहंलिला नेशनल पार्क कुन देशमा रहेको छ?

    A) नेपाल B) भारत C) पाकिस्तान D) भुटान