म मोबाइल हुँ
सबैले गर्ने काम म एक्लैले गर्छु।
मैले रेडियोलाई खाएँ
मैले घडिलाई खाएँ
टिभीलाई खाएँ
चिठीको त नाम निसान नै मेटाइदिएँ।
म मोबाइल हुँ
धेरै सानो छु तर मैले किताबलाई खाएँ
मैले क्यालकुलेटरलाई खाएँ
मैले नै ठूलो पर्दावाल फिल्म हललाई खाएँ।
म मोबाइल हुँ
मैले टर्जलाई खाएँ
यतिमात्र नभएर मैले नै टेपलाई खाएँ
मैले क्यामरालाई खाएँ
मैले नै सबै गेमलाई खाएँ।
म मोबाइल हुँ
मलाई सानो नसम्झनु
म कसैको दु:खको साथि भएको छु
कसैको सुखको साथि पनि बनेको छु
म नभएको भए अहिले धेरैको जिन्दगी अन्धकार हुन्छ।
म मोबाइल हुँ
मैले केटाकेटीको बालापनलाई खाएँ
मैले बुढाबुढी, जवान सबैलाई खाएँ
म अझै पनि रोकीएको छैन
म मोबाल हुँ
मैले बुढा भएका बाजे बजैका कथालाई खाएँ
म ज्ञानको भन्डार हुँ
तर मेरो प्रयोग होसीयारीले गर्नु
म मानिसहरूको निद हराई दिन्छु
म मानिसहरूको होस हराई दिन्छु
यतिमात्र नभएर
मैले त मानिसहरूको आखाको ज्योति नै गुमाई दिन्छु
म मोबाइल हुँ
मलाई कमजोर सम्झीने भूल नगर्नु
मैले तपाईंको खेल्ने टाइम राख्छु
तपाइको काम गर्ने टाइम राख्छु
खाने टाइम राख्छु
पढ्ने टाइम राख्छु
कसरत गर्ने टाइम नै राख्छु
म मोबाइल हुँ
मैले तपाईको काम गर्न सक्ने शक्तिलाई आधा बनाई दिन्छु
तपाई काममा थोरै समय दिनुहुन्छ मलाई धेरै समय
म मोबाइल हुँ
म आजकाल त झनै ठूलो काम गर्दै छु
मैले अरुलाई त खाएँ-खाएँ
अबत ब्यापारी र रोजगरीलाई पनि खादैछु
मान्छेहरू मबाटै अनलाइन सामान मगाउने बानी पारीरहेका छन्
म मोबाइल हुँ
म तपाइको सबै कुरामा काम लाग्छु
म आज सबै मान्छेको जरुरत बनेको छु
त्यसैले आज दुनियामा म जति बलियो र लोकप्रिय कोही छैन