नारी मुक्तिआन्दोलनकी अभियन्ताक्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाउने प्रचलन छ ।
नेपालमा यस वर्ष ‘लैंगिक समानताको बलियो धार सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी ११३औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । नेपाल सरकारले नारी दिवसको अवसरमा सार्वजनिक बिदा दिएको थियो ।
यता नारी दिवश र त्यस सम्बन्धि आयोेजना गरिएका कार्यक्रमले वास्तविक पीडितलाई कत्तीको प्रभाव पारेको छ भनेर सम्बन्धित निकाएको कहिल्यै ध्यानजान सकेन । उसो त हरेक वर्ष महिला अधिकारका लागि भन्दै विभिन्न कार्यक्रम भव्यताका साथ मनाइँदै आएका छन् ।
तालिम, अन्तरक्रिया हुन्छन् । गाउँ-ठाउFबाट महिला भेला भई हातहातमा प्ले कार्ड बोकेर र्यालिमा निस्कन्छन नारा जुलुस लगाइन्छ । जान्ने सुन्ने २/४ जना अगुवा महिला माइकमा महिला हिंसाका बारेमा ठूलाठूला आवाज निकालेर भाषण गर्छन् । यस्ता विभिद कार्यक्रम , मेला गोष्ठी त आफैँ केही गर्न भन्न सक्ने आटिला नारीहरूका लागि मात्रै हो । तर जो वास्तविक हिंसा पीडित हुन् ति नारी अझैँ पनि घरभित्रै सिमित छन् ।
उनीहरूले न्यायको अनुभूति नै गर्न पाएका छैन्न । २१औं शताब्दीको यो अत्याधुनिक युगमा बोक्सीको आरोपमा कुटपिट हुन्छ । आफू बेरोजगार अनि महिला भएकै कारण आफ्नै श्रीमानबाट आफ्नै घरपरिवारबाट हिंसाको सिकार भएकी छन् । ति महिलाको बारेमा कस्ले र कहिले सोचिदिने । कसैले दाइजोको निहुमा त कसैले अन्य विभिन्न बाहानामा भित्रभित्रै हिंसा गरिरहेका छन् । अरुको त के कुरो गर्नु श्रीमान्कोे कमाइको बारेमा समेत ति नारीलाई जानकारी हुँदैन, हक अधिकार हुँदैन।
परस्त्रीसँगको नाजायज सम्बन्ध थाहा पाउँदा पाउँदैसमेत चुप रहेकी हुन्छिन् । केही कुरा बोलिहालौं भने श्रीमानकै कमाईमा भरपर्नु पर्ने घर खर्च पाइदैन कि भन्ने डर , घरपरिवार र श्रीमान्को इज्जतका लागि भए पनि सबै यातना सहन बाध्य हुन्छिन् ति नारी । विना कारण एउटी निरिह महिला कुटिन्छिन्, पिटिन्छिन्, अपमानित हुन्छिन् । घरपरिवारको बैठकमा सहभागि हुने अवसर पाइदैन ,पोथि बासेको राम्रो मानिदैन भन्ने जस्ता बचन सुनिन्छन् ।
हो यस्ता पीडामा तड्पिएर बाचेका ति नारीहरूका लागि कहिले आउँछ दिबश,कहिले आउछ न्याय । हामी हरेक वर्ष महिला अधिकारका लागि विभिन्न कार्यक्रम मनाउँछौं । हरेक वर्ष अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइन्छ । नारी भएकै कारण घरेलु हिंसा, यौन हिंसा, बाल हिंसा जस्ता समस्या दिन प्रतिदिन बढदो रुपमा रहेका छन् । तर अपराधीहरूले सजिलै उन्मुिक्त पाइरहेका छन् । महिला माथि हुने हिंसा महिलाको आफ्नै कारणले भएको जस्तो गरिन्छ । ऊ माथि हिंसाहुनुमा उसैलाई दोषी ठानिन्छ ।वास्तविक हिंसा पीडित व्यक्तिले न्यायको अनुभूति गर्न पाएका छैनन् ।
उनीहरूको निम्ति खुलेर बोलिदिन समाज हिच्किचाउँछ । पीडित महिलाले न्याय पाउनमा पुरुषको पनिउत्तिकै सहयोग चाहिन्छ । यो सहयोगको वातावरण सृजना गर्नु आजको आवश्यकता हो । ‘महिला दिवस’होस् या ‘१६ दिने अभियान’, प्लेकार्ड बोकेर मात्रै परिवर्तन हुँदैन । अहिले दिवशलाई फेसनका रुपमा मनाउन थालेका छन् । एक दिनकार्यक्रम गर्ने स्टेजमा नाचगान गर्ने नारा जुलुस लगाएर बजार परिक्रमा गर्ने । दिवशलाई दिवशकै रुपमा सिमित राख्यो भने यस्ता किसिमका कृयाकलाप बाट न त पिडितहरुले बोल्न सक्छन न त न्याय नै पाउँछन् । यसलाई प्रभावकारी र परिवर्तन मुखी बनाउनुपर्छ ।
केही थान मानिसले नारा जुलुस लगाउँदैमा र तालिम, अन्तरक्रिया गर्दैमा महिला हिंसा रोकिंदैन । महिला हिंसाविरुद्धको अभियान राजनीतिकदलहरूको अभियान नबन्दासम्म यसमा कमी आउने देखिदैन । हिंसा रोक्नका लागि कडा कानुन बनाउन र पालना गराउन सक्नु पर्दछ । पुरुषको हरेक यातनालाई स हँदै घर गरी खाने महिलाअसल सामन्तवादी पितृसतात्मक सोचबाट ओतप्रोत हाम्रो समाजमा सहनशील हुँदै पुरुषको हरेक यातनालाई सहँदै घर गरी खाने महिलालाई असल ठानिन्छ । हाम्रो समाजको दृष्टिकोणमा पुरुषलाई पहिलो दर्जामा र महिलालाई सधैं दोस्रो दर्जाका रुपमा छन । युगौंदेखि महिलालाई दासीका रुपमाप्रयोग गर्दै आएका नेपाली समाजअहिले पनिपितृ सत्तामै आधारित छ ।
हामि आफैले देख्दै भोग्दै आएका पनि छौ केहिको बाहेक अधिकांश घरको कुनै पनि निर्णय गर्न महिलालाई अनुमति हुदैन । हरेककाम, व्यवहार एवं निर्णयमा पुरुष सर्वेसर्वा रहने नियमअझै विदितै छ । त्यस्तो होइन भनेर वादविवाद गर्न खोजे मुखाले आईमाईको संज्ञा दिन्छन । आफुलाई गलत लागे पनि पुरुषको निर्णयमा अ मा अ मिलाउनुपर्छ । अझै पनि नेपालका बढीभन्दा बढी महिला कुनै न कुनै रुपमा कुण्ठित जीवनयापन गरिरहेका छन् । महिला आफैँले आफैँलाई कमजोर सम्झने तथा आफूमा भएको क्षमतालाई प्रस्फुटित गर्न नसक्ने वातावरण सिर्जना गराईरहेका छन् । महिलाबाटै महिलाले दबिनु पर्ने अवस्था झनदुःखदायी छ । रातदिन जाड र रक्सीमा चुर्लुम्म डुबेका, आफु स्वयम् गलत बाटोमा फसेका पाखन्डी पुरुषहरुले असलनारिको चरित्रमाथि औला उठाउछन् ।
शिक्षित ठानिएकाहरूले समेत भित्रभित्रै घरेलु हिंसा गरिरहेका छन केहिले जानाजान त केहिले नजानिदो तरिकाले , र पनि उनीहरूलाई छुट दिएको छ हाम्रो पुरुषबादी समाजले । महिला हिंसाका घटनामा कमिल्याउन समाजएवं व्यक्तिको सोचमा परिवर्तन आउनुपर्छ । जबसम्म घर समाज र पुरुषवादी सोचको अन्त्य हुँदैन तबसम्म यस्ता घटनामा बढोत्तरी भैरहनेछ । महिलाहरूलाई विभिन्ननिकायमा सहभागी गराउने परिपाटी रहेतापनि सहभागिता केवल बैठकमा उपस्थितभई कोरम पुर्याउने र अरुको निर्णयमा ताली बजाउनेमा मात्र सीमित छ । घरको चौघेरा मात्रै होइन नारीको संसार ।
अब महिलाले कानुनी न्याएमात्र हैन, सामाजिक न्याए पनि खोज्नुपर्छ । सबै महिला असल छिन भन्ने यसको आशय होइन । समाजमा सबै पुरुष खराब मानसिकताका हुन्छन् भन्ने पनि होइन । हामी भित्रै पुरुष चिन्तन हावी छ । युगौंदेखि महिलालाई दासीका रुपमा प्रयोग गर्दै आएको पुरुष चिन्तन पुरुषमा मात्र होइन, यो महिलाभित्र पनि पाइन्छ । महिला आफैँले आफैंलाई कमजोर सम्झने तथा आफूमा भएको क्षमतालाई प्रस्फुटित गर्न नसक्ने र अधिकांश महिला हिंसाको कुरा उठ्ने गर्छ । तर, महिलाले पुरुषमाथि गरेका हिंसाहरु ओझेल पर्छन् । यस्ता पुरुषहरुको चर्चा गरिएमा ती पुरुषहरु जोइटिङ्ग्रेको दर्जामा पर्छन् जसका कारण यस्ता घटनाहरु परिवारभित्रै गुपचुप राखिन्छ । हरेक परिवर्तनमा महिलाको अहमभूमिका हुने भएकाले महिलाहरु आफै सचेत हुनुपर्ने जरुरि छ ।