चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा - Chaitanya News
  • 2026-07-26
  • 06:23:56
  • आइतबार,साउन १०, २०८३
  • चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

    चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

    एजेन्सी –  इंग्लिस क्लब चेल्सी युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।

    मंगलबार राति अन्तिम १६ को दोस्रो लेगमा डर्टमण्डलाई २–० ले हराउँदै चेल्सी समग्रमा २–१ को नतिजा सहित क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

    चेल्सीका लागि राहिम स्टर्लीङ र काई हभार्ट्जले गोल गरे ।

    खेलको ४३ औं मिनेटमा रहिमले गोल गर्दै चेल्सीलाई सुरूवाती अग्रता दिलाएका थिए । ५३ औं मिनेटमा हाभर्टजले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए ।