रामचन्द्र पौडेल अध्यधिक मतसहित राष्ट्रपति निर्वाचित हुने पूर्णबहादुर खड्काको दाबी - Chaitanya News
  • 2026-05-16
  • 23:29:32
  • शनिबार,जेठ ०२, २०८३
  • रामचन्द्र पौडेल अध्यधिक मतसहित राष्ट्रपति निर्वाचित हुने पूर्णबहादुर खड्काको दाबी

    रामचन्द्र पौडेल अध्यधिक मतसहित राष्ट्रपति निर्वाचित हुने पूर्णबहादुर खड्काको दाबी

    काठमाडौं– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले रामचन्द्र पौडेल अत्यधिक मतसहित राष्ट्रपति निर्वाचित हुने दाबी गरेका छन्।

    मंगलबार बसेको ८ दलको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उपसभापति खड्काले भने, ‘उहाँले अत्यधिक मतले जित्नुहुन्छ । यसमा दुविधा नै छैन।’

    राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ। निर्वाचनको प्राविधिक तयारी गरिरहेको जानकारी दिँदै उनले भने, ‘उहाँ उपयुक्त पात्र पनि हुनुहुन्छ। सबै सांसदहरूले उहाँलाई नै मत हाल्छन्।’

    उनले राष्ट्रपतिको निर्वाचनपछि मात्रै गठबन्धनमा शक्ति बाँडफाँट हुने बताए।