काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दामा परेपछि सर्वोच्च अदालतको भूमिका सकारात्मक हुने टिप्पणी गरेका छन्।
मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको आठ दलीय गठबन्धनको बैठकपछि बोल्दै उनले अदालतमा रिट पर्नु स्वभाविक भएको भन्दै सर्वोच्चको भूमिका सकारात्मक हुने विश्वास व्यक्त गरेका हुन्।
उनले भने, सामान्यता फौजदारी कानुन आकर्शित हुन्छ भन्ने होइन। यसअघिको रिट आदेशमा पनि द्वन्द्वकालीन मुद्दा सङ्क्रमणकालीन न्यायको ढंगले टुंगिनु पर्छ भनिसकेको छ। द्वन्द्वकालीन मुद्दामा न्याय दिन ढिलो भयो। उनले छानबिन आयोग गठन गरेर द्वन्द्वकालीन मुद्दा छिटो निष्कर्षमा पुर्याउनु पर्ने बताए।
ुद्वन्द्वको बेलामा भएका घटनाहरू सङ्क्रमणकालीन न्याय ढंगले निरूपण गर्नुपर्छ। हाम्रो पनि कमजोरी भएको छु, उनले भने, रेगुलर कोर्टबाट होइन, सङ्क्रमणकालीन न्यायबाटै गर्नुपर्छ। ऐन बनाउन विधेयकहरू तत्काल संसदमा पेश गर्नुपर्छ।