भोलि बिहान ११ सम्म सांसदहरुलाई काठमाडौँ आइपुग्न आठ दलको निर्देशन - Chaitanya News
  • 2026-07-05
  • 09:33:40
  • आइतबार,आषाढ २१, २०८३
  • भोलि बिहान ११ सम्म सांसदहरुलाई काठमाडौँ आइपुग्न आठ दलको निर्देशन

    भोलि बिहान ११ सम्म सांसदहरुलाई काठमाडौँ आइपुग्न आठ दलको निर्देशन

    काठमाडौँ– सत्तारुढ आठ दलको बैठकले भोलि बुधबार बिहान ११ बजेसम्म सांसदहरुलाई काठमाडौँ आइसक्न निर्देशन दिएको छ। मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको आठ दलको बैठकले राष्ट्रपति निर्वाचनका लागि सांसदहरुलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौँ आइपुग्न निर्देशन दिएको हो।

    बैठकले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरुलाई भोलिसम्म काठमाडौँ आइपुग्न सर्कुलर गर्ने निर्णय गरेको जनता समाजवादी पार्टी जसपाका नेता राजेन्द्र श्रेष्ठले बताए।