काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा आठ दलका नेताहरुको बैठक बस्ने भएको छ।
बैठक दिउँसो २ बजे बोलाइएको छ। ‘पर्सी हुने राष्ट्रपति निर्वाचनको छलफल गर्न बैठक बस्न लागेको हो,’ आठ दलले गठन गरेको कार्यदलका सदस्य अब्दुल खाँनले भने,‘राष्ट्रपति निर्वाचनको तयारीका लागि छलफल गर्न लागेका हौं।’
राष्ट्रपति निर्वाचनको मिति २५ फागुनका लागि तोकिएको छ। आठ दलले साझा उम्मेदवार कांग्रेस नेता रामचन्द्र पौडेललाई बनाएको छ। नेकपा एमालेले नेता सुवासचन्द्र नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ।