पूँजीगत खर्चको वर्तमान हविगत आगामी वर्षबाट तोड्ने अर्थमन्त्रीको दाबी - Chaitanya News
  • 2026-06-28
  • 15:14:55
  • आइतबार,आषाढ १४, २०८३
  • पूँजीगत खर्चको वर्तमान हविगत आगामी वर्षबाट तोड्ने अर्थमन्त्रीको दाबी

    पूँजीगत खर्चको वर्तमान हविगत आगामी वर्षबाट तोड्ने अर्थमन्त्रीको दाबी

    काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीगत खर्चको वर्तमान हविगत आगामी वर्षबाट तोड्ने दाबी गरेका छन्।

    चालु आर्थिक वर्षको बजेट कार्यान्वयन हेर्दा आजसम्म ३५ प्रतिशत मात्र पनि पूँजीगत खर्च नभएको स्वीकार गर्दै उनले आगामी वर्षबाट सो अवस्था नआउने दाबी गरे।

    प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिँदै उनले पूँजीगत खर्च बढाउन सके त्यसले राजस्व संकलनमा समेत सुधार आउने बताए।

    उनले नयाँ बजेटले सुधारका धेरै क्षेत्रमा हात हालेको भन्दै अर्को वर्षबाट त्यसको नतिजा देखिने दाबी गरे।

    ‘अहिलेको सरकारले अघिल्लो सरकारले बनाएको बजेट कार्यान्वयन गरिरहेको छ’ सम्बोधनका क्रममा उनले भने। शिक्षा र स्वास्थ्यमा लगाइएका समता शुल्कले भुइँ मान्छेलाई असर नगर्ने दाबी उनले पुनः दोहोर्याएका छन्।