काठमाडौँ– सरकारले ल्याएका चार अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएका छन्।
आज (आइतबार)को प्रतिनिधि सभा बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) (विधेयक २०८३, सम्पत्ति शुद्धीकरण) (मनि लाउन्ड्रीङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ पेस भएका हुन्।